समाज

सामाजिक सञ्‍जालमार्फत यौन क्रियाकलाप गराएको आरोपमा काठमाडौँबाट दुई युवा पक्राउ

इकागज |
मंसिर १८, २०८० सोमबार १४:४ बजे

काठमाडौँ- सामाजिक सञ्जालमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट यौन व्यवसाय सञ्चालन गरिरहेका काभ्रेपलाञ्चोकको भुलुम गाउँपालिका –४ घर भइ हाल काठमाडौंको लाजिम्पाट बस्ने वर्ष २७ को सुरेश कुमार श्रेष्ठ र काठमाडौंको कलंकीका २७ वर्षीय सुरज खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

 


Author

थप समाचार
x