समाज

लाङटाङ पदयात्रा सम्पन्न गरी फर्कंदै गरेका पथ प्रदर्शकको निधन

इकागज |
मंसिर १६, २०८० शनिबार २२:० बजे

फाइल तस्बिर

रसुवा​- रसुवामा एक जना पथ प्रदर्शककाे निधन भएकाे छ । लाङटाङ पदयात्रा सम्पन्न गरी फर्कंदै गरेका धादिङ धुनीबेँसीका ५० वर्षीय कुमार पाण्डेकाे मृत्यु भएको हाे । 

रसुवा जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार एक विदेशी नागरिकलाई लाङटाङ घुमाई काठमाडौँ फर्कने क्रममा बास बसेको लामा होटलको कोठामा उनलाई आज मृत अवस्थामा भेटिएको हो । रासस



Author

थप समाचार
x