समाज

तनहुँमा अजिङ्गर फेला

इकागज |
मंसिर १२, २०८० मंगलबार २०:५८ बजे

फाइल फोटो

दमौली - तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको छ । स्थानीयवासीले करिब चार मिटर लम्बाइ भएको अजिङ्गर फेला पारेका हुन् । 

स्थानीयले उक्त अजिङ्गर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन् । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले अजिङ्गरलाई वन कार्यालयमा सुरक्षितरुपमा राखिएको जानकारी दिए । 


घाइते अवस्थामा रहेको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने उनले बताए । उनले भने, “अजिङ्गरको ढाडमा चोट छ । केही दिनमा उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाड्छौँ।”


Author

थप समाचार
x