समाज

सुदूरपश्चिम सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायाे

इकागज |
कात्तिक १८, २०८० शनिबार १९:९ बजे

कैलाली- जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्प प्रभावित क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यकर्मी र औषधीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । 

आज बसेको प्रदेश सरकारको बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।


सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले स्वास्थ्य सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि जाने विशेषज्ञ चिकित्सक टोलीलाई बिदाई गरेका छन् ।


Author

थप समाचार
x