समाज

सीएमए डिग्री हासिल गरेका ६६ विद्यार्थी दिक्षित

इकागज |
असोज १४, २०८० आइतबार १०:३२ बजे

काठमाडौं । इन्स्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षित गरिएको हो ।

दिक्षित विद्यार्थीहरुलाई कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले दिक्षित विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा कार्यवाहक महालेखा परीक्षक काफ्लेले यस दिक्षान्त समारोहमा दिक्षित भएका विद्यार्थीहरुलाई बधाई दिँदै नेपालमा व्यवसायिक र दक्ष लेखा परीक्षकहरूकाे अभाव खड्किरहेकाे बेला यसले त्याे अभाव परिपूर्ति हुने विश्वास व्यक्त गरे।


नेपालमा करिब ६ हजार बढी सरकारी संघ संस्थाहरूमा चार्टर एकाउन्टेट राख्न सम्भव नभएकाे र व्यवस्थित लेखा परीक्षण हुन नसकेकाे सन्दर्भमा यहाँहरूकाे महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आफ्नाे तर्फबाट आवश्यक सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले दिक्षित विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाल थप दक्षता हासिल गरेको बताए । उनले भने,’तपाईहरु प्रोफेसनल अडिटर भइसक्नु भयो।’ उनले एकाउन्ट राम्रो नहुँदा पनि व्यवासय धरासायी हुने भएकोले अब तपाईहरुले व्यवासयलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै दिक्षित विद्याथीहरुलाई बधाई दिँदै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष सि.ए. सुजन कुमार काफ्ले यो कोर्ष कस्ट एनालाइसिस गर्न भूमिका खेल्न सहयोग बताए । उनले भने, ‘यो कोर्षका कारण लेखा तथा व्यवस्थापन क्षेत्रमा तपाईहरु नयाँ स्टक होल्डरको रुपमा उदाउनु भएको छ।’

त्यस्तै दिक्षित भएकी विद्यार्थी प्रमिला थापाले आईसीएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा हामीलाई थप दक्ष बनाउन सहयाेग गरेकाे धन्यवाद दिइन् ।

दिक्षान्त समारोह अघि सम्पन्न भएको दुई दिने कार्यशाला गोष्ठीमा नेपालमा सीएमए शिक्षाको प्रभावकारिता र महत्वको बारेमा छलफल गरिएको थियो ।

कार्यशाला गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल तथा भारतबाट आएका आईसीएमए विज्ञहरुले सीएमए शिक्षाको अवस्था, आवश्यकता, प्रभावकारिता र महत्व लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

के हो सीएमए कोर्ष ?

विश्वव्यापी रुपमा अभ्यास गरिने लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन हो । यसलाई विश्वमा शैक्षिक क्षेत्रमा उच्च उपाधिका रुपमा लिइन्छ । सीएमए अध्ययनको लागि व्यवस्थापन तथा वाणिज्य संकायमा स्नाकोत्तर उतीर्ण गरी कम्तीमा ५ वर्षको व्यवसायिक अनुभव आवश्यक पर्छ । यस कोर्षको अवधि तीन वर्षको हुन्छ ।

नेपालमा सीएमए अस्ट्रेलियाको अध्ययन अध्यापन सुरु भएको ५ वर्ष पुगेको छ । ५ वर्षको समयमा सीएमए प्रोग्रामले म्यानेजमेन्ट एकाउन्ट मात्र तयार गरेको छैन, यसले नेपालमा लेखा विज्ञहरुको लागि नयाँ ढोका पनि खोलिदिएको छ । अब नेपाली व्यवसायिक जगतमा फाइनन्सीयल एकाउन्टेन्टस मात्र होइन म्यानेजमेन्ट एण्ड कस्ट एकाउन्टेन्ट पनि त्यतिकै अपरिहार्य छ, भन्ने कुरा यो प्रोग्रामको लोकप्रियताबाट स्पष्ट भइसकेको छ ।

विश्वमा सीएमएका थुप्रै प्रोग्रामहरु लागू भएका छन । खास गरी अमेरिका, बेलायत र अस्टे्रलियाको सीएमए प्रोग्रामहरु विश्व बजारमा चिनिएका प्रोग्रामहरु छन् । कुनै इन्स्च्यिुटले कस्ट एण्ड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन, कसैले सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन् । नेपालमा चलिरहेको रहेको प्रोग्राम भनेको चाहिँ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टको प्रोग्राम हो । यो इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्स (आईसीएमए) अस्ट्रेलियाले नेपालमा संचालन गरेको कार्यक्रम हो ।


Author

थप समाचार
x