समाज

रहस्यमय मृत्यु भएको भन्दै जनकपुरमा प्रहरीले नियन्त्रणमा लियो किशोरीको शव

सुभाष कर्ण |
भदौ १७, २०८० आइतबार २०:४३ बजे

जनकपुरधाम- रहस्यमय मृत्यु भएकी एक युवतीको शव जनकपुरधामबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका-१९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको भन्दै अनुसन्धानका लागि धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।

महिलाको मृत्युको घटना ढाकछोप गर्ने प्रयास भइरहेको खबर पाएपछि आइतबार दिउँसो शव प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताएका छन् ।


उनका अनुसार मृतक किशाेरीकी आमाले आइतबार बिहान चापाकलमा पानी लिन जाँदा लडेर मृत्यु भएको बयान दिएकी छिन् । तर, स्थानीय बासिन्दाले राति नै रहस्यमय मृत्यु भएको भन्ने दुई थरीको कुराले सरस्वतीको मृत्यु घटना रहस्यमयदेखि अनुसन्धानका लागि शव नियन्त्रणमा लिइएको डिएसपी गौतमले बताए ।

उनले भने, 'घटना ढाकछोप गर्ने प्रयास भइरहेको खबर पाएपछि प्रहरी तत्काल घटनास्थलमा पुगी शव नियन्त्रणमा लिएको हो । सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमा मृत्यु भएको स्थानीयहरूको भनाइ आएकोमा घटना के कसरी भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिनेछ सोही अनुसार अनुसन्धान प्रक्रिया अघि बढाइने छ ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x