समाज

स्रोत नखुलेको लाखौँ रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

सुभाष कर्ण |
भदौ ११, २०८० सोमबार २१:२१ बजे

जनकपुरधाम- स्रोत नखुलेको नेपाली २६ लाखभन्दा बढी रुपैयाँसहित महोत्तरी प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार जनकपुरधाम–मटिहानी सडक खण्डमा महोत्तरीको मटिहानी नगरपालिका-३ स्थित प्रतापी बाबा मन्दिर अगाडि सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी धिरापुर महोत्तरीबाट संयुक्त रूपमा खटिएको सादा पोशाकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला मधुवनी ग्रामपंचायत मधवापुर-४ बस्ने २६ वर्षीय सुमित साह रहेका छन् । उनले चलाउँदै आएको ज १२ प १६४४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखेको २६ लाख २० हजार रुपैयाँ बरामद भएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

बरामद भएको रकम तथा मोटरसाइकल र साहलाई आवश्यक कारबाहीका लागि राष्ट्रिय अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिप्रका महोत्तरीले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x