समाज

बाढीले बगाउँदा धनुषामा एककाे मृत्यु

सुभाष कर्ण |
साउन २३, २०८० मंगलबार १७:५० बजे

जनकपुरधाम- बसही खोलामा आएकाे बाढीमा बगेर धनुषाको मिथिला नगरपालिकामा एक युवकको मृत्यु भएको छ ।

मिथिला नगरपालिका–२,आनन्दपुरका १७ वर्षीय अजय यादवको मङ्गलबार ११ बजे बसही खाेलामा आएकाे बाढीले बगाउँदा मृत्यु भएको धनुषा प्रहरीले जनाएकाे छ ।


गाउँ नजिकै रहेको बसही खोला तर्ने क्रममा अचानक आएको बाढीले बगाउँदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले बताएका छन् ।

स्थानीयको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्याए पनि गम्भीर अवस्थाका यादवको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएकाे छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x