समाज

पहिरोले भत्कियाे सिद्धबाबा सुरुङ मार्गको मुल प्रवेशद्वार

इकागज |
साउन ९, २०८० मंगलबार १६:५९ बजे

बुटवल- सिद्धबाबा सुरुङ मार्गको सिद्धबाबा तर्फको मुल प्रवेशद्वार पहिरोले भत्काइदिएको छ । सोमबारबाट परेको वर्षासँगै आएको पहिरोले सुरुङ मार्गको मुख्य प्रवेश द्वार भत्केको हो ।

सुरुङ मार्गको मुख्य प्रवेशविन्दुमा माथिबाट पहिरो खसेपछि भत्किएको हो । पहिरोका कारण सुरुङ मार्गमा क्षति पुगेको परियोजनाका इन्जिनियर युधिस्थिर पन्थीले बताए । कुन भागमा कतिको क्षति भएको भन्ने विषयमा भने उनले केही बताएनन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङ मार्गको काम अगाडि बढाएको थियो ।


मध्यवर्षामा नेपाली प्राविधिकहरूले ढलान गर्न नहुने सुझावविपरीत परियोजनाले चार दिन पहिले मात्र प्रवेशद्वारको ढलान गरेको बताइएको छ । एक हजार एक सय २६ मिटर दूरी रहेको सुरुङ मार्गको काम तीव्र गतिमा अगाडि बढिरहेका बेला पहिरोले मुख्यविन्दुमा क्षति पुगेको छ ।


Author

थप समाचार
x