समाज

बासी खाना खान दिएको भन्ने विषयमा विवाद हुँदा सौतेनी आमाको हत्या, एकजना पक्राउ

सुभाष कर्ण |
असार २४, २०८० आइतबार १८:८ बजे

जनकपुरधाम- आफ्नै सौतेनी आमाको हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।

बासी खाना खान दिएको भन्ने विषयमा विवाद हुँदा भारतीय नागरिक हाल जिल्लाको गणेशमान चारनाथ-४ शिवनगर बस्दै आएका २० वर्षीय प्रेमकुमार भगतले आफ्नो सौतेनी आमा मीरादेवी भगतको हत्या गरेको प्रहरीले जनाएको छ ।


हत्या आरोपमा प्रेमलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । आइतबार एक पत्रकार सम्मेलन आयोजना गरी जिल्ल प्रहरी कार्यालय धनुषाले उनलाई सार्वजनिक गरेको हो । 

घरमा कोही नभएका बेला बासी भात खान दिएको विषयमा विवाद हुँदा सौतेनी आमा मीराले चिरपटले प्रहार गर्न खोज्दा बचाउका लागि सोही चिरपटले हानेपछि उनको मृत्यु भएको र घटना ढाकछोप गर्न जलाएको भन्ने कुरा प्रेमले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वराज खड्काले बताए ।

नौ वर्ष पहिला भारत निवासी राजु भगत राजमिस्त्रीको काम गर्न नेपाल आएको र सोही क्रममा नेपालमा अर्को विवाह मिरादेवीसँग भएकाे थियो । राजुको पहिलो श्रीमतीबाट २० वर्षीय छोरा प्रेम पनि उनीसँगै बसेर राजमिस्त्रीको काम गर्दै आएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x