समाज

अवैध उत्खनन गर्ने तीन वटा टिपर र स्काभेटर नियन्त्रणमा

सुभाष कर्ण |
असार २४, २०८० आइतबार १७:५९ बजे

जनकपुरधाम- अवैध उत्खनन गरिरहेका तीन वटा टिपर र एउटा स्काभेटर धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको मिथिला नगरपालिका–१ बाट मापदण्डविपरीत गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा उक्त टिपर तथा स्काभेटर इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको हो ।


नम्बरी जग्गामा उत्खनन गरिरहेको भए पनि उत्खननसम्बन्धी अनुमति नभएको तथा निकै गहिराेसम्म खाडल खनेकाले ना १ क ६८५९, प्रदेश–२–०३–००१ ख ६७८२ र प्रदेश–२–०३–००१ ख ००१९ नम्बर टिपर तथा नम्बर नखुलेको एउटा स्काभेटर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले बताए ।

नियन्त्रणमा लिइएका टिपर तथा स्काभेटर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला समन्वय समिति धनुषा पठाउने प्रहरीले उनले जानकारी दिएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x