समाज

मिटरब्याजीहरूको पनि माइतीघर मण्डलामा धर्ना (फोटो फिचर)

इकागज |
असार ६, २०८० बुधबार १३:१५ बजे

काठमाडौँ- मिटरब्याजीहरू पनि लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्ना बसेका छन् । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन् । 

‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्‌भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरू प्रदर्शन उत्रिएका हुन् । 


मिटरब्याजी पीडितले पनि काठमाडौँ आएर प्रदर्शन गरेका थिए । उनीहरूको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरे छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौँ आएर प्रदर्शनमा उत्रिएका हुन् । 


 


Author

थप समाचार
x