समाज

गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका कानुन मन्त्रीको निधन

दीपक उपाध्याय |
असार ५, २०८० मंगलबार १६:३ बजे

धनगढी– धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिंहसहित उनकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंह रहेको सुरक्षा स्रोतले जनाएको छ ।


मन्त्रीसहित पाँच जना सवार गाडी मंगलबार (आज) दिउँसो करिब अढाई बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ को देउरामा दुर्घटना भएको थियो । अन्य दुई भने गम्भीर घाइते भएका छन् ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x