समाज

करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु

इकागज |
जेठ २५, २०८० बिहिवार २१:७ बजे

फाइल तस्बिर

काठमाडौंँ- मोरङको सुनवर्षी नगरपालिका–५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४७ वर्षीय लक्ष्मी सरदार रहेका छन् । आज बिहान साढे १० आफ्नै घर पछाडि रहेको रुखमा आँप झार्ने क्रममा अचानक बिजुलीको तारमा छुन पुक्दा करेन्ट लागि घाइते भएका थिए ।


घाइते सरदारको उपचारका लागि रंगेली अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


Author

थप समाचार
x