समाज

काठमाडौँ महानगरले भन्योः छात्रवृत्ति नदिने निजी विद्यालयको स्वीकृति र अनुमति रद्द हुन्छ

इकागज |
जेठ २३, २०८० मंगलबार ९:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउन सबै निजी विद्यालयलाई आग्रह गरेको छ । मंगलबार महानगरले नियम अनुसार छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

महानगरले जेठ २८ गतेसम्म छात्रवृत्ति गरेको विवरण बुझाउन पनि निर्देशन दिएको छ । उक्त दिनसम्ममा विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी दिएको छ ।


महानगरपालिकाले यसअघि गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो।



Author

थप समाचार
x