समाज

जात व्यवस्थाविरुद्ध नागरिक आन्दोलन (फोटो फिचर)

अनुज बज्राचार्य |
जेठ १०, २०८० बुधबार १९:५५ बजे

काठमाडौं– जात व्यवस्थाविरुद्ध राजधानीकोे माइतीघरमा बृहत नागरिक आन्दोलन गरिएको छ । आज साँझ एक घण्टा विभिन्न सांगीतिक प्रस्तुतिसहित जात व्यवस्थाविरुद्ध आन्दोलन गरिएको हो ।

दोस्रो प्रतिरोध दिवशको अवसरमा नागरिक प्रतिरोध मार्च तथा प्रतिरोध संगीत नाम दिइ आन्दोलन गरिएको थियो । विभिन्न नाराका प्लेकार्डसहित प्रदर्शन गरिएको आन्दोलनमा राजसागरलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x