समाज

साढे १० किलो गाँजासहित धनुषाबाट चारजना पक्राउ

सुभाष कर्ण |
बैशाख २२, २०८० शुक्रबार २०:३ बजे

जनकपुरधाम- साढे १० किलो गाँजासहित धनुषा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–३ का ३१ वर्षीय फेकन साह, २१ वर्षीय संतोष दास, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ का २६ वर्षीय अमितकुमार यादव र २२ वर्षीय रबिनकुमार यादव रहेकाे प्रहरीले जनाएकाे छ ।


शुक्रबार धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित बौवा होटल अगाडि पूर्वपश्चिम लोकमार्गबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय ढल्केवर र लागूऔषध ब्यूरो जनकपुरधामबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–२–०३–००७प ८५४१ र ज ४ प ७७३३ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई ल्याइरहेको  गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x