समाज

भोकमरी र गरिबी दिगो विकास लक्ष्यका लागि मुख्य चुनौती

सुभाष कर्ण |
बैशाख १७, २०८० आइतबार २०:३५ बजे

जनकपुरधाम- देशमा व्याप्त भोकमरी र गरिबी दिगो विकास लक्ष्यका लागि मुख्य चुनौती रहेको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले बताएकी छन् ।

आइतबार जनकपुरधाममा आयोजित नेपाल दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्यांकन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष अर्यालले भोकमरी र गरिबी घटनाउनका लागि लक्ष्य अनुरूप विकास योजना तयार पारेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताइन् ।


गरिबीको रेखामुनि रहेका ५० प्रतिशतभन्दा बढी नागरिकलाई समृद्ध मुलुक निर्माणका लागि पाँच प्रतिशत तल झार्न चुनौती रहेको उनले जिकिर गरिन् । उनले दिगो विकास सूचकांकलाई उकास्नका लागि लक्ष्य अनुसार योजनाबद्ध ढंगले अघि बढे मात्रै सम्भव हुने दाबी गरिन् ।

नेपाल अहिले ६६.०५ प्रतिशत विकासको सूचकांकमा रहेको बताउँदै मुलुकको विकासको अवस्था सन्तोषजनक रहेको उनकाे भनाइ छ ।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुलुकमा विद्यमान असमानता र विभेदलाई अन्त्य गर्ने गरी समता र समानतामूलक विकास बजेट योजना निर्माण गर्न सुझाव दिए । मुलुकले आफ्नो उद्देश्य प्राप्तिका लागि प्राकृतिक साधन स्रोतलाई मध्यनजर गर्दै विकासे योजनाहरू निर्माण गर्न समेत उनकाे सुझाब थियाे ।

कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुलुकमा विद्यमान असमानता र विभेदलाई अन्त्य गर्ने गरी समता र समानतामूलक विकास बजेट योजना निर्माण गर्न सुझाव दिए ।

सभामुख मण्डलले मुलुकमा केन्द्रीकृत संरचनाको अन्त्य भइसकेपनि अधिकार र शक्तिलाई संघीय सरकारले विकेन्द्रीकरण गर्न नसकेको प्रति असन्तुष्टि जनाए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x