समाज

(फोटो फिचर)

जोमसोम हुँदै उपल्लो मुस्ताङ पुग्दा...

धनबहादुर गुरुङ |
चैत २४, २०७९ शुक्रबार २१:९ बजे

पोखरा- नेपालको मरुभूमिका रूपमा परिचित छ, मुस्ताङ । तल्लो मुस्ताङ कटेर माथितिर लागेपछि मरुभूमिको राम्रै झल्को देखिन्छ । मुस्ताङको जोमसोम र मुक्तिनाथसम्म मात्र पुगेर फर्कनेहरूले मरुभूमिको अनुभूति गर्न पाउँदैनन् । त्यसका लागि जोमसोम हुँदै उपल्लो मुस्ताङ उक्लनुपर्छ ।

जोमसोमबाट कागबेनी हुँदै गाडीमा माथितिर लागेपछि छुसाङ हुँदै समर, स्याङ्वोचे, घमी, गिलिङ, चराङ हुँदै लोमन्थाङ पुगिन्छ । यो बाटो पदयात्रामा रुची हुनेहरू जोमसोमबाटै हिँड्छन् । पर्खालले घेरिएको बस्ती हो– लोमन्थाङ । यसलाई स्थानीय उपल्लो मुस्ताङ भन्छन् ।


लोमन्थाङ परम्परागत संस्कृतिको ऐतिहासिक थलो हो । ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र रमणीय दृष्यका अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू लोमन्थाङ पुग्छन् । यो प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले आकर्षण भरिएको छ । यहाँ स्थानीय मौलिकता र ऐतिहासिक गुफाहरूले झनै आकर्षण थपेको छ ।

लोमान्थाङभन्दा माथि लागेपछि पुगिन्छ, दशगजा क्षेत्र । यो हो, नेपाल र चीनको सिमाना कोरला । 

थप तस्बिर हेर्नुहोस्: 


Author

थप समाचार
x