समाज

फोटो पत्रकार वन्तलाई बाबुछिरी फोटो पत्रकारिता पुरस्कार

इकागज |
चैत १८, २०७९ शनिबार १३:५६ बजे

काठमाडौँ- फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको २५ औँ वार्षिकोत्सवको सन्दर्भमा फोटो पत्रकार वन्त सम्मानित भएका हुन् ।

सगरमाथा आरोही स्व.बाबुछीरी शेर्पाको सम्झनाममा क्लबले स्थापना गरेको उक्त पुरस्कार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरूलाई सम्मान गरिएको थियो । 


वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । जनदिशा दैनिकबाट २०६४ सालमा फोटोपत्रकारिता गरेका उनी मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्छन् । 

देशभरका फोटो पत्रकारहरूको साझा सस्था राष्ट्रिय फोटोत्रकार समूह एनएफपिजे नेपालका वन्त हाल अध्यक्ष समेत छन् । भने उनी फोटो पत्रकारिता तथा फोटोग्राफी तालिम प्रशिक्षकको रुपमा पनि काम गरी रहेका छन् । राष्ट्रिय समाचार समितिको वरिष्ठ फोटो पत्रकार र हाल प्रधानमन्त्री प्रचण्डको स्वकीय फोटोग्राफरका रूपमा कार्यरत छन् ।
 


Author

थप समाचार
x