समाज

सौर्या सिमेन्ट उद्योगमा चट्याङ लागेर ट्रक चालकको मृत्यु

इकागज |
चैत १७, २०७९ शुक्रबार १९:५१ बजे

सिरहा- सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका-१ मा रहेको सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना.५ ख ३७२१ नम्बर ट्रकका चालक रौतहट चन्द्रपुर-८ का ४३ वर्षीय नेत्रप्रसाद गौतम (कुमार) को मृत्यु हो ।

ट्रकमा तिरपाल बाँधिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते गौतमकाे कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।


शव अस्पतालमै रहेको प्रहरीले जनाएकाे छ । 


Author

थप समाचार
x