समाज

सेतो मच्छिन्द्रनाथको रथ जात्रा

आज यी क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

इकागज |
चैत १६, २०७९ बिहीबार ८:४९ बजे

काठमाडौं - काठमाडौंका केही स्थानमा आज (बिहीबार) पनि सवारी आवागमन प्रभावित हुने भएको छ। सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण आज असनदेखि हनुमानढोका क्षेत्र वरपरको सवारी आवागमन प्रभावित हुने भएको हो।

रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेश निषेध गरिएको महानगरले जनाएको छ । आज चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ । 


बुधबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आइतबारसम्म चल्नेछ। चैत्र शुक्ल अष्टमी अर्थात् हरेक वर्ष चैते दसैँको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने गर्छ ।

तीनधारा पाठशालाअगाडिबाट सुरु भएको रथयात्रा पहिलो दिन भोटाहिटी हुँदै असनमा पुगेर रोकिन्छ । दोस्रो दिन रथ हनुमानढोकामा पुर्‍याइन्छ । तेस्रो दिन लगनटोलमा लगी जात्रा सम्पन्न गर्ने परम्परा छ ।


Author

थप समाचार
x