विश्व पानी दिवस : काठमाडौँका २३ स्थानमा नि:शुल्क पानी वितरण

काठमाडौँ- आज मार्च २२ विश्व पानी दिवस । तपाईं काठमाडौँ उपत्यकाका चोकचोक हिँडिरहनुभएको छ भने शुद्ध पानी निःशुल्क पिउन पाउनुहुनेछ । उपत्यकाका २३ स्थानमा आज पानी प्रशोधन व्यवसायी संघ नेपालले निःशुल्क पिउने पानी वितरण भइरहेको छ ।
हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसमा शुद्ध पानीको महत्व बुझाउन प्रभातफेरी पनि आयोजना गरिएको छ । प्रभातफेरी माइतीघर मण्डलादेखि रत्नपार्क हुँदै पुलिस क्लबसम्म पुगेको थियो ।
‘फोहोर पानीकै कारण धेरै रोग लाग्ने डाक्टरहरू नै बताइरहेका छन्,’ आयोजक संघले भन्यो, ‘प्रदूषित पानीको महामारी छ । यसले स्वास्थ्य त बिगारेको छ नै, सानो असावधानीका कारण ठूलो पैसा पनि गुमेको छ ।’
आजै राजधानीको बेबिलोन इन्टरनेसनल स्कुलमा पानीसम्बन्धी चित्रकला पनि आयोजना गरिएको संघका महासचिव विराज आचार्यले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया