समाज

विष सेवन गरी सिकिस्त अवस्थामा प्रहरी कार्यालयमा भेटिए कर्ण

सुभाष कर्ण |
चैत ७, २०७९ मंगलबार २१:२० बजे

जनकपुरधाम- लेनदेनको विवादमा एक व्यक्ति विष सेवन गरी सिकिस्त अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषामा भेटिएका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का ४५ वर्षीय शैलेन्द्र कर्ण जिल्ला प्रहरी कार्यालयमा विष सेवन गरेको अवस्थामा साढे ४ बजेतिर भेटिएका हुन् । लेनदेनको छिनोफानोका क्रममा उनले आवेगमा विष सेवन गरेको बताइएको छ ।


प्रहरी उपरीक्षक विश्वराज खड्काले जनकपुरधामकै कदमचोकबाट आफू विष सेवन गरी आएको भन्ने बयान प्रहरीमा उनले दिएको बताए । विष सेवनबाट सिकिस्त बनेका उनलाई जनकपुरधामको जानकी हेल्थकेयरको आइसियुमा भर्ना गरिएको छ ।

उनकी श्रीमती किरण कर्णले प्रहरीले जिल्ला प्रहरीमा विष सेवन गरेको अवस्थामा छन् भनेर प्रहरीले खबर गरेपछि आफूलाई थाहा भएको बताइन् । कर्णले दालमोटसहित भुजाको व्यवसाय गर्दै आएका छ्न् । लेनदेनको विषयमा जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि प्रहरीले बोलाएको थियो । प्रहरीले थुनिदिन्छु भन्ने लगायतको धम्की र दबाब दिएपछि विष सेवन गरेको हुन सक्ने परिवारजनको आरोप छ ।

यता प्रहरीले कर्णले लेनदेनका क्रममा शुभाष भन्ने व्यक्तिलाई चेक दिएका रहेछन् । चेक बाउन्स भएपछि शुभाष प्रहरीमा गएको र सोही लेनदेनको विषयमा जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि उनलाई बोलाएको थियो ।

कर्णलाई प्रहरीले पैसा दिनुहुन्छ कि कारबाही प्रक्रिया अगाडि बढाउँ ? मुद्दा पनि चल्न सक्छसहितका कुरा गरेपछि कर्ण बाहिर गएर त्रासले विष सेवन गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x