समाज

मूल्यवृद्धिविरुद्ध माइतिघरमा प्रदर्शन

इकागज |
चैत ४, २०७९ शनिबार १७:५९ बजे

काठमाडौँ- पछिल्लो समय मूल्यवृद्धि बढेको भन्दै काठमाडौंमा जनसचेतना तथा धर्ना कार्यक्रम गरिएको छ ।

उपभोक्ता जागरण अभियान नेपालले शनिबार काठमाडौंको माइतिघर मूल्यवृद्धि विरुद्ध जनचेतना तथा धर्ना कार्यक्रम आयोजना गरेको हो । हरेक वस्तुमा मूल्यवृद्धि हुँदा समेत राज्य मौन रहेको भन्दै उनीहरूले जनता नै जागरूक हुनुपर्ने बेला आएको बताएका छन् ।


धर्नामा सहभागीहरूले 'दोहोरो कर प्रणाली खारेज गर', 'बजार अनुगमन कतै देख्न पाइँदैन', 'विचौलियाको सिण्डिकेट चाहिँदैन', 'अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले बजारमा हाबी भएको सिण्डिकेट रोक्नुपर्ने र कालाबजारीलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने जनाएका छन् ।


Author

थप समाचार
x