समाज

जापानमा प्रेम दिवसकाे शैली फरक, यसरी मनाइन्छ उत्सव

संगीता कुँवर |
फागुन २, २०७९ मंगलबार ११:४१ बजे

जापान- काठमाण्डौंसहित नेपालका विभिन्न सहरका पसल,चोक सबै प्रेमिल बनिरहेको बेला जापानकाे टोकियोमा पनि प्रेम दिवसको रौनकता देखिएकाे छ। प्रेम दिवस​ अन्यहरूकाे तुलनामा थप आत्मीयता हुने गरेकाले पनि विश्वका अन्य मुलुकमा जस्तै जापानमा पनि याे उत्सवकै मनाइँदा राैनकता छाएकाे हाे ।

पश्चिमा देशहरूमा जस्तै पछिल्लो समय नेपालमा पनि प्रेम दिवस उत्सव वा पर्व जस्तै गरी मनाउन थालिएको छ। तर जापानमा प्रेम दिवस मनाउने शैली भने अलिकति फरक छ। प्राय: थुप्रै देशमा पुरूषले महिलालाई गुलाब,चकलेट वा उपहार दिने गर्दछन्। तर जापानमा महिलाले चकलेट मिठाई केकहरू बनाएर वा किनेर पुरूषलाई दिने चलन रहेकाे स्थानीयवासी बताउँछन्।


आफ्नो प्रेमी या सहकर्मीका लागि चकलेट केक बनाउने भनेर खुसीका साथ थरिथरिका चकलेट मिठाई र केकहरू बनाउँछन्। प्रेम दिवसमा विशेष गरी प्रेमी प्रेमिका या श्रीमान् श्रीमतीसँग उपहार साटासाट गर्ने भएपनि जापान भने प्रेमी सहकर्मी पुरूष  आफ्ना परिवारबीच पनि चकलेट उपहार दिने चलन छ।

जापानमा सन् १९५८ मा मारी नामक चकलेट कम्पनीले भ्यालेन्टाइन डे का दिन चकलेट दिने अभियान सुरु गरेपछि बिस्तारै यो चलन जापानभर सुरू भएको इतिहास छ। सन् १९७० देखि भ्यालेन्टाइनलाई चकलेट डे पनि भन्न थालियो। भ्यालेन्टाइन भन्ने बित्तिकै बजार पसल,कम्विनियन्स स्टोरमा मुटु आकारका थरिथरिका चकलेट मिठाईको व्यापारमा बढी देखिन्छ।

प्रेमीलाई दिने चकलेट र सहकर्मीलाई दिने चकलेटको नाम फरक हुन्छ। त्यस्तै जापानमा १४ अप्रिलमा ‘ह्वाइट डे’ पनि मनाइन्छ । ह्वाइट डे मा प्रेमिको रूपमा मनपर्ने पुरूषलाइ चकलेट दिएका महिलालाई चकलेटसँगै उपहार दिने गर्छन्। जापानीहरू प्रेमिप्रेमिका मात्रै नभएर साथीसँगै काम गर्ने सहकर्मी र परिवारबीच चकलेट मार्फत प्रेम देखाउने पर्व पनि मान्छन्।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x