समाज

प्रेमलाई न्याय माग्दै कालिकोटमा प्रदर्शनः 'यो आत्महत्या होइन, हत्या हो'

इकागज |
माघ ११, २०७९ बुधबार १७:१२ बजे

कालिकोट– मंगलबार काठमाडौंको संघीय संसद्अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको न्यायका लागि कालिकोटमा प्रदर्शन भएको छ । बुधबार जिल्लाको सदरमुकाम प्रतिमा चोकमा युवाहरुले आचार्यकाे राज्यले हत्या गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘यो देश हो कि बधशाला ?, प्रेम आचार्यहरुलाई बाँच्न नदिने सामाजिक व्यवस्था बदलौँ, कि यो संकट रहँदैन कि म, देशमै केही गर्छु भन्नु अपराध हो ?, यो आत्महत्या होइन, हत्या हो सरकार’ लगायतका विभिन्न प्याप्लेटसहित विरोध गरेका थिए । 



Author

थप समाचार
x