समाज

सदरमुकाम विवादले सताइएको रुकुमकोटमा युवा जागरण

लिलाराज खतिवडा |
साउन २८, २०७९ शनिवार १८:३१ बजे

रुकुम– हरेक शनिबार रुकुमकोटको कमल दहमा स्थानीय युवा भेला भएर बृक्षारोपण तथा सरसफाई गर्ने गर्दछन् । लामो समय माओवादी द्वन्द्वले सताइएपछि हाल रुकुम पूर्व सदरमुकाम विवादले ग्रसित छ ।

अहिले त्यहाँ अस्थायी सदरमुकाम छ । सदरमुकाम गोलखाडामा सार्ने निर्णयमा स्थानीयवासी रुष्ट छन् । हाल सदरमुकाम विवादको मुद्धा सर्वाेच्च अदालतमा विचाराधीन रहेको छ ।


सदरमुकाम जनचाहना बमोजिम रुकुमकोट कायम नभए ठूलो बिद्रोह हुनसक्ने चेतावनी पूर्व राष्ट्रिय पञ्चायत सदस्य तथा स्थानीय समाजसेवी लोकन्द्रबहादुर शाहले दिएका छन् ।

स्थानीय युवा नेता मदन शाहको हिलमा केही वर्षदेखि कमल दह संरक्षण अभियान चलेको छ ।यसमा स्थानीय ‘सकारात्मक सोच र कार्यका लागि युवा समूह’ लागिरहेको छ ।रुकुमकोटलाई अन्तरराष्ट्रिय रुपमा पहिचान दिलाउन जरुरी रहेको समूहका अध्यक्ष समीरजंग शाहले बताए ।


 


Author

थप समाचार
x