सेयर

झिनो अंकले घट्यो सेयर बजार

इकागज |
चैत २०, २०८० मंगलबार १५:४४ बजे

काठमाडौँ - सेयर बजार झिनो अंकले घटेको छ । साताको तेस्रो दिन सेयर १.८५ अंकले घटेर २ हजार १०.२० मा रोकिएको छ । 

आज ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५५८ रुपैयाँ ४९ पैसाको कारोबार भएको छ ।


आज लघुवित्तहरुको सेयर बढेको छ  । गुराँस लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै गनपति लघुवित्त वित्तीय संस्थाको ९.९५, उपकार लघुवित्त वित्तीय संस्था ८.६४, विन नेपाल लघुवित्त संस्थाको ६.९४ र स्वाभिमान लघुुवित्त वित्तीय संस्थाको ६.५ प्रतिशतले सेयर बढेको छ । 

सबै भन्दा बढी सेयर घट्नेमा ज्योति विकास बैंक रहेको छ । ज्योतिको सेयर ७.५ प्रतिशतले घटेको छ । यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको  ५.२८, तारागाउँ रिजेन्सी होटलको ४.९४, माया खोला हाइड्रोपावरको ४.२६ र चिर्खवा हाइड्रोपावरको ४.१९ प्रतिशतले सेयर घटेको छ । 

सर्वाधिक सेयर कारोबार हुने कम्पनीहरूमा गुर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट, तारागाउँ रिजेन्सी होटल, एनआइएमबी डिभेन्चर र सुर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् । गुर्खाजको १४ करोड ९८ लाख ८४ हजार ९१० रुपैयाँ ३० पैसाको कारोबार भएको छ । 


Author

थप समाचार
x