सेयर

'सन विथ कम्युनिटी' कार्यक्रम सञ्चालन

इकागज |
फागुन १२, २०८० शनिबार ११:१४ बजे

काठमाडौँ- सन सेक्युरिटिज प्रालिको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाडौँ महानगरपालिका- १ सँगको सहकार्यमा 'सन विथ कम्युनिटी' कार्यक्रमको सुरुवात गरेको छ ।

सन सेक्युरिटिज प्रालिको कार्यालय नक्सालमा काठमाडौँ महानगरपालिका-१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरूलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो ।


कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रालिले वडा नं.१ का स्थानीय वासिन्दाहरुलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ । दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर १ का सचिव सर्वज्ञराज पौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सन विथ कम्युनिटी कार्यक्रम अन्तरगत आजको कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा १ नम्बर वडाभित्र वडाभित्र बसोबास गर्ने करिब ६० जना स्थानीयहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सर्वज्ञराज पौडेलले सन सेक्युरिटिजले काठमाडौँ महानगरपालिका- १ भित्र समुदायलाई लाभ हुने गरी सञ्चालित कार्यक्रमबाट १ नम्बर वडावासीहरू लाभान्वित हुने बताए । साथै शेयर बजारमा लगानी गरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएकाले प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए ।

यसैगरी कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिज प्रालिले वडाभित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण १ नं वडाका बासिन्दाहरूले पाउने बताए । व्यवसायलाई कम्युनिटीसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए ।

उनले यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताए । यसबाहेक पनि सम्पूर्ण वडावासी स्थानीयहरूले सन सेक्युरिटिजको कार्यालयमा कार्यालय समयभित्र आएर शेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरू राख्न सक्ने बताए । 


Author

थप समाचार
x