सेयर

घलेम्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

इकागज |
पुस १६, २०८० सोमबार ११:५९ बजे

काठमाडौं - घलेम्दी हाइड्रोपावर कम्पनीको सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ। कम्पनीको २०० प्रतिशत हकप्रद सेयरमा  बैंकिङ समयसम्म यसमा आवेदनदिनु पर्ने हुन्छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार घलेम्दीले मंसिर १० गतेदेखि १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी गरेको र यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

साथै, हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गर्न हकप्रद जारी गर्न लागेको हो । छुजुङ खोला जलविद्युत आयोजना सांग्रिला उर्जा प्रालिद्धारा प्रवद्धित कम्पनी हो । हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 


उक्त हकप्रद सेयरको लागि यसले कात्तिक ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले आइएरएन बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्दछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ । 

गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । उक्त हकप्रद सेयरको लागि यसले कात्तिक ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले आइएरएन बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्दछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यलयबाट आवेदन दिन सकिन्छ । 
 


Author

थप समाचार
x