सेयर

प्रि–ओपन सेसनमा नेप्से १.२४ अंकले बढ्यो

इकागज |
पुस १२, २०८० बिहीबार ११:१६ बजे

फाइल तस्बिर

काठमाडौं - प्रि–ओपन सेसनमा नेप्से परिसूचक १‍‍.२४ अंकले बढेको छ । सो सेसनमा १.२४अंक बढेर २०७२.०८ विन्दुमा पुगेर बन्द भएको छ । 

यो सेसनमा ३५ कम्पनीको २ हजार २८६ कित्ता सेयर किनबेच हुँदा ११ लाख १ हजार ६५१ रुपैयाँको कारोबार भएको छ । 


जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्य घटेको र बाँकी १ कम्पनीको मूल्य स्थिर छ ।
 


Author

थप समाचार
x