सेयर

हिमालयन रिइन्स्योरेन्सको आइपिओ बाँडफाँट, कसले कति पाए ?

इकागज |
पुस ११, २०८० बुधबार १३:३० बजे

फाइल फोटो

काठमाडौं -हिमालयन रिइन्स्योरेन्स कम्पनीको साधारण सेयर ( आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार आइपिओ बाँडफाँट गरेको हो ।

आईपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमध्ये १५ लाख ६४ हजार ५६४ जनाको आवेदन योग्य  थियो भने ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ ।


आईपीओमा १० देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार सेयर पाएका छन् । ३० कित्ताभन्दा बढी आवेदन दिनेका लागि गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ । २९ हजार २१ जना आवेदकले थप १० कित्ता सेयर पाएका छन् । २९ हजार २१ जनाले ४० कित्ता सेयर पाएका छन् ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो ।


Author

थप समाचार
x