सेयर

सेयर बजार ३८.३७ अंकले घट्याे

इकागज |
साउन २१, २०८० आइतबार १५:५० बजे

फाइल फोटो

काठमाडौं - चालु साताकाे पहिलाे काराेबार  दिन आइतबार सेयर बजार ३८.३७ अंकले घटेकाे छ । बैंकहरुले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हाे ।आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब  ६८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ​

सूचीकृत कम्पनीहरूले नाफा बढाएको रिपोर्ट निकालेकै बेला बजार थप घट्दा आम लगानीकर्ता भने अन्योलमा परेका छन् ।


यस दिन २६५ कम्पनीको ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र एनआइसी एसिया बैंक परेका छन् ।


Author

थप समाचार
x