सूचना-प्रवधि

आकाशमा उड्ने ट्याक्सी जोबीले दुबईमा सेवा सुरू गर्ने

इकागज |
चैत १०, २०८० शनिबार ८:४ बजे

तस्बिर : जोबी एभिएसन

काठमाडौँ- अमेरिकी स्टार्टअप कम्पनी जोबी एभिएसनले विकास गरेको आकाशमा उड्ने ट्याक्सी जोबीले संयुक्त अरब इमिरेट्स (युएई) दुबईमा आफ्नो सेवा सुरु गर्ने भएको छ ।  कम्पनीका अध्यक्ष बोनी सिमीले एक अन्तरवार्तामा दुबईसँगको साझेदारी २०२५ सम्ममा सेवा सुरु गर्न सक्ने गरी तयारी गरिरहेको बताएका छन् ।

कम्पनीले विद्युतीय हवाई ट्याक्सी सञ्चालनका लागि दुबईसँग ६ वर्षको विशेष सम्झौता गरेको छ । कम्पनीले २०२५ मा दुबईमा  सञ्चालन सुरु गर्ने र २०२६ को शुरुवातमा व्यवसायीक हिसाबले अघि बढ्ने लक्ष्य राखेको छ । 


कम्पनीद्वारा जारी विज्ञप्तिमा दुबई सरकारले कम्पनीलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै सकेसम्म चाँडो र सुरक्षित रूपमा सेवा प्रदान गर्नका लागि सम्भव भएसम्म नीतिगत अवरोधहरू हटाउन मद्दत गर्नुका साथै जोबीको लागि विशेष रूपमा स्रोतहरू छुट्याएको जनाएको छ ।


Author

थप समाचार
x