सूचना-प्रवधि

भिभोको अफर : दुबई घुम्‍ने कि स्मार्ट फोन जित्‍ने ?

इकागज |
पुस ४, २०८० बुधबार ११:३० बजे

काठमाडौँ- टेक्नोलोजी ब्रान्ड भिभोको नेपालमा स्थापनाको ६ वर्ष पूरा भएको छ । छैठौं वार्षिकोत्सवको अवसरमा भिभोले ग्राहकहरूलाई आकर्षक अफरहरू तथा पुरस्कारहरू प्रदान गर्न आफ्नो वार्षिक डिसेम्बर सेल्स कार्निभल घोषणा गरेको छ ।

यो एक्सक्लुसिभ सेल्स कार्निभल डिसेम्बर ७ तारिखदेखि सुरू भएर ५ जनवरी, २०२४ सम्म सञ्चालनमा रहने जनाएको छ । नेपाली स्मार्टफोन बजारमा, अग्रणी ब्राण्डमध्ये एक भिभो उत्कृष्ट प्रविधिसहित नवीन विशेषताका स्मार्टफोनहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ । भिभोले सुरूवातदेखि नै नेपाली बजारमा आफ्नो स्थानलाई सुदृढ गर्दै धेरै कोशेढुङ्गाहरू पार गर्दै दाबी गरेको छ ।


भिभोको नोभेम्बर २०२३ को समग्र सेल्स १७८ प्रतिशतलले वृद्धि भएको दाबी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १९६ प्रतिशतले वृद्धि भएको हो । स्लीक डिजाइन, अत्याधुनिक प्रविधि र प्रयोगकर्ताको सन्तुष्टिप्रतिको प्रतिबद्धताले ब्रान्डलाई प्रयोगकर्ताहरूको मन जित्न र धेरै माया प्राप्त गर्न मद्दत पुगेको जनाएको छ ।

भिभोको वार्षिक सेल्स कार्निभल २०२३
हरेक भिभो स्मार्टफोन खरिदमा ग्राहकहरूले नयाँ प्रविधिसँगै 'लकी ड्र'मा सामेल भएर आकर्षक पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । भिभो वाई २७ एस खरिद गर्ने पहिलो १००० ग्राहकहरूले नयाँ स्मार्टफोनको साथै ६ महिनासम्मको थप वारेन्टी पाउनेछन् । साथै, एक जना बम्पर पुरस्कार विजेताको भाग्यशाली जोडीले निकै रोमाञ्चक एवं आकर्षक शहर दुबई घुम्ने अवसर प्राप्त गर्नेछन् । 

यसको साथै 'लक्की ड्र' मा ग्राहकहरूको मन लोभ्याउने धेरै आकर्षक उपहारहरू रहेका छन् । ग्राहकहरूले 'लक्की ड्र'मा भिभोको नयाँ भी सिरिजका स्मार्टफोनहरूदेखि, रिभरसङ् इयरबडहरू, एक महिनासम्म निशुल्क स्क्रिन रिप्लेसमेन्ट,स्पिकर, साइड ब्याग, तथा बोतलहरू जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

भिभोले वाई सिरिजमा नयाँ स्मार्टफोन – वाई१७एस (४जीवी+१२जीवी) सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनमा शक्तिशाली ५००० एमएएचको ब्याट्री, मिडियाटेक जी८५ प्रोसेसरको रहेको छ । वाई१७एस प्रयोगकर्ताहरूले निकै रुचाएका दुई आकर्षक – फरेस्ट ग्रीन र ग्लिटर पर्पल रंगहरूमा उपलब्ध छ ।

सेल्स कार्निभलकै सबैभन्दा आकर्षक अफरमध्ये एक यो स्मार्टफोन निकै सुलभ मुल्य रु १४,९९९ मा उपलब्ध हुनेछ । भिभोले पहिला नै वाई१७एस (६ जीवी+१२८ जीवी) मा रु.१६,९९९ मा सार्वजनिक गरेको थियो र यो नयाँ स्मार्टफोनले ग्राहकहरूलाई नयाँ र्याम र रोमसहित परिष्कृत प्रयोगकर्ता अनुभव प्रदान गर्ने जनाएको छ । 

सेल्स कार्निभलको 'लक्की ड्र'को कुरा गर्ने हो भने भिभो स्मार्टफोन खरिद गर्ने सम्पूर्ण ग्राहकहरूले 'लक्की ड्र'मा सहभागी हुन सक्ने जनाएको छ । यसका लागि ग्राहकहरूले क्यूआर कोड स्क्यान गरेर वा https://vivocarnival.com/ वेबसाइटमा गएर आवश्यक विवरणहरू प्रविष्ट गरी पेश गर्नुपर्ने हुन्छ । त्यसपछि आधिकारिक रूपमा स्वतह ग्राहकहरूले आकर्षक उपहराहरू जित्न सक्नेछन् ।


Author

थप समाचार
x