सूचना-प्रवधि

च्याटजीपीटीलाई पछि पार्दै गुगलको नयाँ एआई 'जेमिनी'

इकागज |
मंसिर २२, २०८० शुक्रबार २१:४८ बजे

स्राेत : गुगल

काठमाडौँ- डिपमाइन्ड एआई  प्रविधि, जसले आफ्नो बुद्धिचाल खेलकाे आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीले विश्वभरि चर्चा बटुलेको थियो । 

यस वर्षको अप्रिलमा गुगलसँग व्यवस्थापन समायोजन गरी 'जेमिनी' एआई (Gemini AI) नामक अर्को पुस्ताको जेनेरेटिभएआईको विकास गरेको घोषणा गरेको छ । यस नयाँ एआई प्रणालीले विश्वमा पहिलो पटक च्याटजीपीटी-४ (ChatGPT-4)  लाई पराजित गर्दै उच्च स्थान प्राप्त गरेको छ ।


विशेष गरी, जेमिनी एआई म्यासिभ मल्टिटास्क ल्याङ्ग्वेज अन्डरस्ट्यान्डिङ परीक्षणमा 'जेमिनी' ले मानव विज्ञहरूको प्रदर्शनलाई पनि पछाडि पार्दै ९०.०% को  उत्कृष्ट स्कोर प्राप्त गरेको छ । जबकि मानव विज्ञहरूको स्कोर ८९.८% रहेको छ र च्याटजीपीटी-४ को स्कोर ८६.४% मात्र रहेको छ । यसले भाषा सिक्ने र बुझ्ने क्षमतामा एआईको सम्भावनालाई नयाँ उचाइमा पुर्याएको देखिन्छ ।

गुगलले यस 'जेमिनी' एआई प्रणालीको विकासलाई भाषा प्रविधि र गहन सिकाइमा एक महत्वपूर्ण प्रगति को रूपमा चित्रण गरेको छ । र, यसले भविष्यमा अरू अनेक अनुप्रयोगहरूमा अग्रणी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


Author

थप समाचार
x