सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत्र २२ मा विश्वासको मत लिने

इकागज |
चैत २०, २०८० मंगलबार १४:३० बजे

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । सरकारले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गरेको हो ।

नेकपा (माओवादी केन्द्र) र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए । संविधानअनुसार चैत्र २२ गते विश्वासको मत लिने अन्तिम दिन पनि हो ।  


५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ सांसद रहेका छन् भने नाउपाका ७ सांसद रहेका छन् । सुदूरपश्चिममा बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्दछ । नाउपामा विवाद बढेपछि मुख्यमन्त्री शाहको संकट बढेको हो । नाउपाले विश्वासको मत दिने नदिने स्पष्ट रहेको छैन ।

त्यस्तै सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११, एमालेका उपसभामुखसहित १०, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन् ।

यसैबीच केन्द्रमा रहेको नयाँ समीकरणमा रहेका दलहरूबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ ।
 


Author

थप समाचार
x