सुदूरपश्चिम

कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

इकागज |
माघ १०, २०८० बुधबार ७:५२ बजे

सांकेतिक तस्बिर

कञ्चनपुर- कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन् । प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन् ।


उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


Author

थप समाचार
x