सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशको राजधानी दिपायलमा बनाउन माग

इकागज |
माघ ९, २०८० मंगलबार २०:२८ बजे

धनगढी- डोटीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गरेका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै ओलीले सन्तुलित विकासका लागि सबै जिल्लाको पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग गरेका हुन् । सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको आरोपसमेत उनले लगाएका छन् ।


उनले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ सिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको धारणा राखेका थिए ।

आजको प्रदेश सभा बैठकमा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सदनमा विधेयक टेबुल गरेका थिए। प्रदेश र सङ्घको विपद् व्यवस्थापन सम्बन्धी ऐनबीच देखिएको अन्तर कम गर्न र भाषिक शुद्धताका लागि संशोधन विधेयक ल्याएको उनले बताए । 

आज बसेको प्रदेश सभा बैठकमा शून्य समयमा जानकी ऐर बम, प्रकाशबहादुर बम, वीरबहादुर थापा, मानबहादुर रावल, ललिता सुनार, सन्तोषकुमारी शर्मा थापा, मेघराज खड्का, सरस्वती खड्का र हीरा कार्कीले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।


Author

थप समाचार
x