सुदूरपश्चिम

सुदूरपश्चिमका तीन क्रिकेटरलाई प्रदेश सरकारले १६ लाख दिने

इकागज |
कात्तिक २७, २०८० सोमबार ७:३५ बजे

कैलाली- सुदूरपश्चिमका तीन क्रिकेटरलाई प्रदेश सरकारले १६ लाख दिने भएको छ । सुदूरपश्चिम सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरूलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको हो ।

नेपाललाई टी–२० विश्व कपमा पुर्‍याउनु सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच/पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ।


एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएका दीपेन्द्रले भने थप एक लाख रुपैयाँसहित ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उनले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरेका थिए ।


Author

थप समाचार
x