सुदूरपश्चिम

सुदूरपश्चिम सरकारले कर्णालीका भूकम्प पीडितका लागि एक करोड राहत दिने

इकागज |
कात्तिक १८, २०८० शनिबार १२:५४ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेशको जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई एक करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।


यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णयसमेत गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भूकम्प पीडितका लागि राहत स्वरूप एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

शाहले स्वास्थ सामाग्रीसहित २० जना स्वास्थ्यकर्मीलाई पनि प्रभावित क्षेत्रमा पठाउइने बताए । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रती श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेहरूको सिघ्र स्वास्थ लाभको कामना गरेको छ ।


Author

थप समाचार
x