सुदूरपश्चिम

सुदूरपश्चिम प्रहरीले अबदेखि अनलाइनमार्फत् गुनासा तथा उजुरी लिने

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १४:४९ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अब अनलाइनमार्फत् गुनासा तथा उजुरी लिने भएको छ । आज सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) भरत बोहराले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा उजुरी तथा गुनासो सुनुवाइका लागि क्युआर कोडको उद्घाटन गरेका हुन् ।

प्रहरीले आजैबाट लागू हुने गरी क्युआर कोड स्क्यान गरी गुनासा तथा उजुरी गर्न  मिल्ने व्यवस्था मिलाएको छ । परम्परागत उजुरी पेटिकाले गुनासा व्यवस्थापन त्यति प्रभावकारी नभएकाले  प्रविधि मार्फत उजुरी तथा गुनासा सुनुवाइ गर्न सुरु गरिएको डिआईजी बोहराले बताए । 


यो व्यवस्थामार्फत् जसले जहाँबाट पनि उजुरी तथा गुनासो गर्न पाउने बताउँदै डिआईजी बोहराले उजुरी सम्बोधनका लागि अलग्गै युनिट बनाइएको बताए ।


Author

थप समाचार
x