सुदूरपश्चिम

गरिब, असहाय र बेवारिसेको उपचार गर्न १२ अस्पताललाई परिपत्र

इकागज |
कात्तिक १५, २०८० बुधबार २०:५२ बजे

कैलाली - धनगढी उपमहानगरपालिकाले गरिब  (विपन्न) असहाय, बेवारिस बिरामीको निःशुल्क उपचार गर्न भन्दै बुधबार यहाँका १२ अस्पताललाई परिपत्र गरेको छ। 

पटक–पटक लिखित जानकारी गराएको भए तापनि निःशुल्क उपचार सम्बन्धी प्रावधान कार्यान्वयन नभएको परिपत्रमा उल्लेख छ।


धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा निःशुल्क उपचारको प्रावधान लागू नगरिए प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ। कूल शय्याको १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

 


Author

थप समाचार
x