सुदूरपश्चिम

दशैंको अवधिमा दुर्घटनाबाट सुदूरपश्चिममा नाै काे मृत्यु

इकागज |
कात्तिक १५, २०८० बुधबार १२:५६ बजे

कैलाली  । सुदूरपश्चिममा दशैंको अवधिमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।

घटस्थापनादेखि पूर्णिमासम्म भएका दुर्घटनाकाे याे तथ्यांक रहेकाे  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।


कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले दशैंको अवधिमा पाँच जिल्लामा भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु र ११ जना घाईते भएको बताए ।

सबैभन्दा बढी दुर्घटनामा कैलालीमा भएका थिए । यहाँ १० दुर्घटना भएका थिए । जसमा पाँच जनाको मृत्यु भएको थियो । डडेल्धुरा, बझाङ, अछाम र बाजुरा भने  एक/एक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए  ।

त्यस्तै सोही अवधिमा नियम उल्लंघन गरि सवारीसाधन चलाउने दुई हजार ३ सय ८६ कारबाहीमा १५ लाख ४ हजार राजश्व असुली गरिएको उप्रेतीले जानकारी दिए । 

गत वर्ष दशैं र तिहारका बेला भएका २४ वटा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने ४४ जना घाइते भएका थिए । 


Author

थप समाचार
x