सुदूरपश्चिम

कैलाली प्रहरीको 'स्वीप अप्रेशन' : २५ सय लिटर घरेलु मदिरा नष्ट (भिडियो)

इकागज |
कात्तिक १५, २०८० बुधबार १०:६ बजे

कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीले घरेलु मदिरा नियन्त्रणका लागि 'स्वीप अप्रेशन' चलाएको छ ।

घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्ने उद्देश्यले सञ्चालित 'स्वीप अप्रेशन' चलाएको हो ।


मंगलबार साँझ धनगढी उपमहानगरपालिका-२ मा जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी निरीक्षक सन्तोष बस्यालको नेतृत्वमा खटिएको टोलीले दुई हजार ५ सय लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए ।

उनका अनुसार भाँडाकुँडासमेत बरामद गरेर मदिरा नष्ट गरिएको छ ।


Author

थप समाचार
x