सुदूरपश्चिम

ठूलो दुर्घटनाबाट जोगियो कर्णाली रिभर यातायात

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १०:३३ बजे

तस्बिर : नरेन्द्र उपाध्याय

कैलाली- धनगढीबाट बझाङ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ५ ख १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनाबाट जोगिएको छ । जयपृथ्वी नगरपालिका-७ सुबेडा खड्केतोला नजिकै बस चिप्लिएर भीरमा अड्किएको छ ।

सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले  यातायातसमेत ठप्प रहेको छ ।


घटनास्थलबाट बस निकाल्ने प्रयास भइरहेको छ । बस निकालेपछि मात्र सो सडक खण्डमा यातायात सुचारु हुने प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x