सुदूरपश्चिम

एमाले सुदूरपश्चिममा सबै पदाधिकारी सर्वसम्मत

इकागज |
असोज २५, २०८० बिहीबार ११:२ बजे

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् ।

निकै रस्साकस्सीपछि अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।


उपाध्यक्ष शाही भने हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति जुटेको हो ।

अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिँदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिस्ट सर्वसम्मत भएकी हुन् । त्यस्तै सचिवमा रतन रेग्मी र अशोक चन्दले उम्मेदवारी फिर्ता लिएसंगै सबै पदमा सर्वसम्मत भएकाे हो ।


Author

थप समाचार
x