सुदूरपश्चिम

कमलबजार नगरपालिकामा ६ दिनदेखि ताला

इकागज |
असोज २४, २०८० बुधबार २१:३३ बजे

अछाम - अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन ।

नगर कार्यपालिकाले हालसम्म पनि  बजेट पारित हुन नसकेको र राजनीतिक दलहरूले उठाएका मागलाई सम्बोधन नगरेका भन्दै यही असोज १९ गते चार राजनीतिक दलले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।


नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिष्ट पार्टी मालेले संयुक्तरुपमा ताला लगाएका हुन् । नगरपालिकामा भएको तालाबन्दीका कारण सेवाप्रवाह नहुँदा सेवाग्राहीलाई  समस्या भएको छ ।

तालाबन्दी भएको छ दिन बितिसक्दा पनि समस्या समाधानको प्रयास नभएकामा सर्वसाधारण आक्रोशित भएका छन् । यही असोज २६ गते नगरपालिकाले सर्वदलीय बैठक आह्वान गरेको नगर प्रमुख यज्ञप्रसाद ढकालले राससलाई बताए । 

अछामका सबै पालिकामा बजेट पारित भएको महिनौँ बितिसक्दा पनि कमलबजार नगर कार्यपालिकामा बहुमतको दम्भ देखाउँदै बजेट पास भएको छैन । कार्यपालिकामा एमालेको बहुमत छ । 
रासस


Author

थप समाचार
x