सुदूरपश्चिम

निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष स्वर्गीय गौचनको  छैठौ स्मृति  दिवस  मनाइयाे

इकागज |
असोज २३, २०८० मंगलबार १३:५१ बजे

कैलाली । नेपाल  निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष स्वर्गीय शरदकुमार गौचनको  छैठौ स्मृति  दिवस  मनाइएको छ । 

निर्माण व्यवसायी संघ कैलालीले आयोजना गरेको स्मृति दिवसमा सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष लक्ष्मण बहादुर स्वारले स्वर्गीय गौचनको तस्बिरमा माल्यार्पण गर्दै निर्माण व्यवसायीले असल अभिभावक गुमाएको बताए ।


कार्यक्रममा नेपाल निर्माण व्यवसायी  महासंघका सल्लाहकार  टेकबहादुर  सेठी, केन्द्रीय  सदस्यद्वय किशोर ठकुराठी, दिनेश सिंह र निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष टेकबहादुर मल्ल  लगायतको उपस्थितिमा स्मृति दिवस मनाइएको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा सलंग्न भएको आरोपमा समिरमान बस्नेत जन्मकैदको सजाय भोगिरहेका छन ।

काठमाडौं जिल्ला अदालतले गौचनको हत्याका मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो । गौचनलाई २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरमा घरबाट अफिस जादैगर्दा दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।


Author

थप समाचार
x